समाचार
मंगला गाउपालिका १ कुहुँमा एकीकृत घुम्ती शिविर
७ पौष २०७५
जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजना, मङ्गला गाउँपालिका समन्वय एवम् व्यवस्थापन र १ नं वडा कार्यालयको व्यवस्थापनमा एकिकृत घुम्ती शिविर ७ पौष २०७५ गते कुहुंमा सम्पन्न भएको छ ।
शिविरमा निम्नानुसारको सेवा प्रदान गरिएको थियो:
- जिल्ला प्रशासन कार्यालय नागरिकता ६५ जना
- पशु सेवा र औषधि १२२ जना
- कृषि सेवा र विउ वितरण २२० जना
- निर्वाचन मतदाता नामावली दर्ता २५ जना
- आयुर्वेद स्वास्थ्य परामर्श र औषधि वितरण ७० जना
- घरेलु ब्यवसाय दर्ता ५ जना
- मङ्गला गाउँ पालिकाअपाङ्गता परिचय पत्र वितरण १० जना खेलाडी वर्ग ४,ग वर्ग ३ र घर वर्ग ३
- जेष्ठ नागरिक परिचय पत्र वितरण १३५ जना (महिला ७१ र पुरुष ६४ )
जिल्ला अदालत न्यायिक प्रशिक्षण र जिल्ला अस्पतालले स्वास्थ्य परामर्श र अपाङ्गताका लागि स्वास्थ्य परीक्षण सेवा प्रदान गरिएको थियो
कार्यक्रममा जिल्ला न्यायाधीश, प्रमुख जिल्ला अधिकारी, गाउँ पालिका अध्यक्ष, उपाध्यक्ष, जिल्ला प्रहरी प्रमुख, शस्त्र प्रहरी प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लगाएत विषयगत कार्यालय प्रमुखहरु र पत्रकारहरु१ र २ नं वडा अध्यक्ष, वडा सचिव साथै गाउँ पालिका कर्मचारीहरुको सहभागिता रहेको थियो ।