FAQs Complain Problems

समाचार

२०७६ असार १ गते मंगला गाउँपालिकाको सार्वजनिक सुनुवाई

मंगला गाउँपालिकाले आव ०७५/०७६ मा संञ्चालन गरेका योजना तथा कार्यक्रम र सार्वजनिक सेवा प्रवाह सम्बन्धमा आईतवार सार्वजनिक सुनुवाई गरेको छ ।मंगला गाउँकार्यपालिकाको कार्यालयको आयोजना तथा म्याग्दी मिडिया सोसाईटीको ब्यवस्थापन/सहजिकरणमा आईतवार गाउँफालिका केन्द्र बाबियाचौरमा सरोकारवाल विच सार्जजनिक सुनुवाई गरेको हो ।vकार्यक्रममा शिक्षा, सडक, सुरक्षा, महिला, दलित, कृषीका कार्यत्रम तथा कार्याल्यबाट सम्पादन गरिएका सेवा प्रवाहमा स्थानीयले चासो राखेका थिए । सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँ कार्यापालिका तथा वडा सदस्यहरु, उपभोक्ता समितिका पदाधिकारी र कर्मचारीको बाक्लो उपस्थिती रहेकोले उपभोक्ताको तर्फबाट ज्यादै न्यून र मसिनो स्वरमा मात्र प्रश्न उठे । सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाले सम्पन्न गर्ने योजनाहरुमा जानकारी वोर्ड नहुने तथा भएका वोर्डमा आयोजनाको खास पक्ष, रड, सिमेन्ट, गिटी, वालुवाको मिश्रण अनुपात, प्रयोग हुने गुणस्तर, कति मिटर लामो, चौडाई आदी पक्ष गोप्य राखिएकोले ठेकदार र समितिले उपझोक्तालाई गुमराहमा राख्ने गरेको गुनासो गरेका थिए । कार्यत्रममा शिक्षा संग सम्बन्धीत विषयमा शिक्षा शाखा प्रमुख डेकबहादुर बानियाँ, सडकका विषयमा इन्जिनियर सोहनजंग कार्की, सुरक्षा तथा लागुपदार्थका सम्बन्धमा इलाका प्रहरी कार्यालय दरवाङ्गका प्रहरी निरिक्षक रामप्रसाद पाण्डे, वडाध्यक्ष कविन्द्र रोकाले प्रष्ट पारेका थिए । त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत कृष्ण गौतम, उपाध्यक्ष सृजना केसी र अध्यक्ष सतप्रसाद रोकाले गाउँपालिकाले अख्तियार गरेका नीति, कार्यक्रमका विविध पक्षमा चर्चा गर्नुकासाथै आगामी वर्षका योजनाका प्राथमिकता बारे बताएका थिए ।उपाध्यक्ष सृजना केसीको अध्यक्षता, अध्यक्ष सतप्रसाद रोकाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र आचार्यले गापाले आव ०७५/०७६ मा सम्पन्न योजना तथा कार्यक्रमको प्रगति प्रतिवेदन पेश गरेका थिए । कार्यक्रमको मिडिया सोसाईटीका पत्रकार सन्तोष गौतम र घनश्याम खड्काले सहजीकरण गरेका थिए ।

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि