मंगला गाउँपालिका साविकका ४ वटा गा.वि.स अर्मन, कुहुँ, बरन्जा, वावियाचौर र दरवाङ गा. वि .स को वडा नं. ४ अर्थात ३७ वटा मिलेर बनेको हो। यसको सिमाना पूर्व बेनी नगरपालिका, पश्चिमः मालिका गाउँपालिका, दक्षिणः बागलुङ जिल्लाको काँठेखोला र ताराखोला गाउँपालिका र उत्तर मालिका र रघुगङ्गा गाउँपालिका रहेको छ । यसको क्षेत्रफल ८९ वर्ग कि.मि. र जनसंख्या १६२८६ रहेको छ ।
मंगला गाउँपालिकाको विस्तृत विवरण यस प्रकार रहेको छ।
वडा नं १ कुहुँ(१-८) गा.वि.स मिलेर बनेको छ। यसको क्षेत्रफल १६.२ वर्ग कि.मी. रहेको छ। यस वडाको जनसंख्या ३२३६ रहेको छ।
वडा नं २ वावियाचौर(१-९), कुहुँ(९) र दरवाङ(४) गा.वि.स मिलेर बनेको छ। क्षेत्रफल १५.१ वर्ग कि.मी. रहेको छ। यस वडाको जनसंख्या ३८८३ रहेको छ।
वडा नं ३ बरंजा(१-६) गा.वि.स मिलेर बनेको छ। यसको क्षेत्रफल १२.०४ वर्ग कि.मी. रहेको छ। यस वडाको जनसंख्या ३१७५ रहेको छ।
वडा नं ४ बरंजा(७-९) गा.वि.स मिलेर बनेको छ। यसको क्षेत्रफल १७.५४ वर्ग कि.मी. रहेको छ। यस वडाको जनसंख्या १८०२ रहेको छ।
वडा नं ५ अर्मन(१-९) गा.वि.स मिलेर बनेको छ। यसको क्षेत्रफल २७.९६ वर्ग कि.मी. रहेको छ। यस वडाको जनसंख्या ४१८९ रहेको छ।