FAQs Complain Problems

समाचार

प्राय सोधिने प्रश्नहरु

योजनाको अन्तिम किस्ता माग्दा निम्न कागजातहरु आवश्यक छन् :

  • सम्बन्धित वडा कार्यालयबाट अन्तिम किस्ताको लागि सिफारिस
  • सार्वजानिक लेखा परीक्षण माइन्युट र सार्वजनिक परीक्षण फारम नियमानुसार भरिएको
  • उपभोक्ता समितिले अन्तिम किस्ताको लागि माग गरेको निर्णयको प्रतिलिपि
  • खर्च गरेको बिल भरपाई
  • काम सुरु अघि, काम गर्दा र सकिएपछिको फोटो
  • अन्तिम किस्ता पाउँ भन्ने व्यहोराको सम्बन्धित उपभोक्ता समितिको निवेदन 
  • प्राविधिक शाखाबाट बनाइएको अन्तिम भुक्तानी बिल

धरौटी फिर्ता सेवा प्राप्त गर्न आवश्यक कागजातहरु निम्न छन् :

  • व्यहोरा सहितको निवेदन
  • योजना तथा अनुगमन शाखा प्रमुखको सिफारिस
  • कार्यालय प्रमुखको तोक आदेश
  • निवेदन दर्ता
  • धरौटी फिर्ताको निर्णयको प्रतिलिपि

घरजग्गा नामसारी सिफारिस सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन्:

  • मृत्यु दर्ता प्रमाण पत्र प्रतिलिपि
  • नाता प्रमाणित प्रमाण पत्र सिफारिस प्रतिलिपि
  • नेपाली नागरिकता प्रमाण पत्र  प्रतिलिपि / १६ बर्ष नपुगेकाको हकमा जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपि
  • अंशबण्डा भए बण्डापत्रको प्रतिलिपि
  • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि तथा सक्कल नागरिकता प्रमाणपत्र
  • वडा सचिवको किटानी सिफारिस
  • गत बर्षसम्म गा.पा. लाई सम्पूर्ण कर बुझाएको प्रमाण
  • स्थलगत वडा सर्जमिन मुचुल्का
  • व्यवसाय दर्ता प्रमाण पत्र प्रतिलिपि (व्यवसायको हकमा) घर वहाल कर तिरेको रसिद

जन्म दर्ता प्रमाणपत्र सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न प्रकार छन् :

  • जन्मको अनुसूची-२ (नियम ५ सँग सम्बन्धित) बमोजिमको सुचना फाराम (भरेको हुनुपर्ने)
  • आमा/बाबुको विवाह दर्ताको प्रतिलिपि
  • आमा/बाबुको नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
  • सूचकको नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
  • कर्मचारीको छोराछोरीको हकमा सम्बन्धित कार्यालयको सिफारिस
  • आमा-बाबु बसाई सराई भै आएको भए सोको प्रतिलिपि
  • अस्पतालमा जन्मिएको भए सोको  प्रमाण प्रतिलिपि
  • वडाको किटानी सिफारिस
  • दस्तुर गा.पा. को नियमानुसार
  • माथि उल्लेखिय प्रक्रिया पुरा भएपछि अनुसूची-१२ अनुसारको प्रमाण-पत्र उपलब्ध गराईनेछ 

१. योजना तथा कार्यक्रमको सम्झौताको लागि निवेदन ।

२. स्वीकृत लागत अनुमान ।

३. वडा कार्यालयको योजना सम्झौता गरिदिने बारेको सिफारिस ।

४. सरोकारवाला उपभोक्ताहरुको भेलाबाट निर्वाचित पदाधिकारीको रोहवरमा भएको उपभोक्ता  समिति/अनुगमन समिति गठनको निर्णयको प्रतिलिपि ।

५. संघसंस्था, समुह, क्लब, समिति आदि जस्ता आधिकारिक संस्थाद्वारा कार्यान्वयन गरिने योजना भए सोही समितिको आधिकारिक निर्णयको प्रतिलिपि ।

६. समितिका पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि ।

७. भौतिक पूर्वाधार वाहेक अन्य कार्यक्रमको लागि कार्यक्रम प्रस्ताव ।