समाचार
संक्षिप्त परिचय
नेपालको करिब मध्ये भागमा पर्ने गण्डकी प्रदेशको जिल्ला म्याग्दी १ वडा नगरपालिका र ५ वडा गाउँपालिका मिलेर बनेको छ। यसै अन्तर्गतको एक गाउँपालिका मंगला गाउँपालिका हो। यो गाउँपालिका साविकका ४ वटा गा.वि.स. अर्मन , कुहुँ, बरंजा, बाबियाचौर र दरवाङ्ग गा.वि.स. को वडा नं. ४ अर्थात ३७ वटा मिलेर बनेको छ। यसको सिमाना पूर्व: बेनी नगरपालिका, पश्चिम: मालिका गाउँपालिका, दक्षिण: बाग्लुङ्ग जिल्लाको काँठेखोला र ताराखोला गाउँपालिका र उत्तर: मालिका र रघुगंगा गाउँपालिका रहेको छ। यसको क्षेत्रफल ८९ वर्ग कि.मि. र जनसंख्या २००१६ रहेको छ।
मंगला गाउँपालिकको विस्तृत विवरण:
क्र.स. | वडा नं. | समावेश गा.वि.स. | जनसंख्या | क्षेत्रफल(कि.मी) |
---|---|---|---|---|
१ | १ | कुहुँ(१-८) | ३७१९ | १६.२ |
२ | २ | बाबियाचौर(१-९), कुहुँ(९), दरबाङ्ग(४) | ४४५६ | १५.२ |
३ | ३ | बरंजा(१-६) | ४१४७ | १२.०४ |
४ | ४ | बरंजा(७-९) | २०६८ | १७.५४ |
५ | ५ | अर्मन९१-९) | ५६२६ | २७.९६ |
जम्मा | १००१६ | ८८.८४ |