समाचार
कृषि विकास कार्यक्रमको सम्भाव्यता सम्बन्धी स्थलगत अध्ययन भ्रमण प्रतिवेदन
नेपाल कृषि अनुसन्धान परिषद्, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, लुम्लेको संयोजनमा कृषिका विभिन्न विषयका वैज्ञानिक/विज्ञहरुको टोलीले मिति २०७५ असार १५ देखि १७ गतेसम्म ३ दिनको स्थलगत भ्रमण गरी सम्भाव्यता अध्ययनबाट पाइएका यथार्थ विवरण र भविष्यका लागि सम्भावित योजना तर्जुमा र यसको कार्यान्वयनमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ कृषिका बाली, बागवानी, पशुपालन तथा मत्स्यपालन सम्बन्धमा स्थलगत अध्ययन गरी उक्त गाउँपालिकामा अन्य बालीका साथै मत्स्य पालनको वर्तमान अवस्था, आधारभूत पर्वाधार अध्ययन र सम्भाव्यता भएका विषयहरु समावेश गरी यो प्रतिवेदन तयार गरिएको हो ।